कालिगण्डकी एवम् म्याग्दी नदीको संगममा अवस्थित यस तालिम केन्द्र शुरुमा म्याग्दी, बागलुङ्ग तथा मुस्ताङ्ग जिल्लामा रहेका मा.वि. तथा नि.मा.वि. तहका विज्ञान शिक्षकहरुको पेशागत दक्षता अभिवृद्धिको लागि तालिम प्रदायक संस्थाको रुपमा विज्ञान शिक्षा विकास एकाईको छातामुनी विज्ञान शिक्षा परियोजनाको रुपमा वि.सं. २०४४ सालमा स्थापना भएको हो । स्थापना कालको लगत्तै यसले मा.वि. तथा नि.मा.वि.तहका मुख्य विषयहरु गणित, अंग्रेजी एवम् विज्ञान विषयमा शिक्षक तालिमहरु सञ्चालन गर्ने कार्य गर्यो । म्याग्दी जिल्लाको वेनी वजारमा अवस्थित प्रकाश मा.वि.को स्वामित्वमा रहेको जग्गामा २०४६ सालमा एउटा सुविधा सम्पन्न तालिम हल सहितको भवन निर्माण भयो । समयको गति एवम् माग सँगै यसको क्षेत्र पनि क्रमशः फराकिलो हुंदै गयो । मा.वि. तथा नि.मा.वि. तहमा अन्य विषयको पनि तालिमहरुको अपरिहार्यतालाई समेत स्वीकार गरी २०५२ सालमा यसको नाम परिवर्तन गरी माध्यमिक शिक्षा विकास एकाई राखियो भने यसको कार्यक्षेत्रलाई पनि थप फराकिलो वनाइयो । त्यसपछि मा.वि., नि.मा.वि.तहका सवै विषयका तालिमहरु संचालन गर्ने जिम्मेवारी माध्यमिक शिक्षा विकास एकाई (Secondary Education Development Unit) लाई नै भयो । मा.वि.तथा नि.मा.वि.तहका सवै विषयका मूलतः तालिम केन्द्रमा आधारित १ महिने तालिम सञ्चालन गर्ने जिम्मेवारी यस संस्थाले पायो । जसको परिणाम 

बाँकी हेर्नुहोस् ...


राेहित प‌साद ढु‌‌गाना

नाम : राेहित ढु‌गाना

पद   : प्रशिक्षक

फाेन : 

माेबाइल नं. : ९८५७६२४७४९

इमेल : dhunganamyagdi@yahoo.com

बाँकी हेर्नुहोस् ....

Top